Aamsanchar

अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ ।

आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ ।

केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै उहाँले प्रभावित नागरिकलाई धैर्य रहन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर