Aamsanchar

गीता जयन्ती ( श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको दिन )

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि
श्रीमद्भागवत अध्याय २ श्लोक ४७०

अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईंले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार नमान्नुहोस् र सदैव अगाडि बढ्नुहोस् ।

आज गीता जयन्ती । गीता जयन्तीको अवसरमा सनातन हिन्दू दर्शनको एउटा अनुपम ग्रन्थ गीताको अनुग्रह र ज्ञान  गीताको महत्त्व र यसको दार्शनिकीबारे विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको विषयमा यदाकदा चर्चा हुने गरेको छ । यसको महत्त्वलाई थप प्रभावशाली बनाउन र थप वृहत बनाउन आज गीता जयन्ती मनाउने गरिएको हो ।

आजभन्दा ५ हजार वर्ष पहिले अर्थात् कलियुगको आरम्भमा आजकै दिन भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको विश्वास गरिन्छ । अनि यसैले गर्दा विश्वमा अहिले पनि गीताका उपदेश र सन्दर्भका कारण मानवीयताका परिभाषाहरुले अझ उच्चतम विश्वास पाउँदै गएका छन् ।

मोक्षदा एकादशीको आजको दिनलाई गीता जयन्ती किन मानिएको पनि हुनसक्छ भने गीताले मानिसलाई मोक्ष प्राप्त गर्ने बाटोमा अग्रसर बनाउँछ भन्ने विश्वास गरिन्छ । समभाव, अन्याय, अत्याचाररहित समाजको कल्पना गराउने, यसको विशिष्टताको व्याख्या गर्ने विश्वकै पुरानो ग्रन्थमध्ये एक गीताको पृष्ठभूमि पनि महाभारतको युद्ध नै हो ।

आजभन्दा झन्डै ५ हजार वर्ष पहिले सुनाइएको गीताको यो सार र सन्देश आज कलियुगमा पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्व राख्छ र यसले संसारका सबै चेतनशील प्राणीले मनन गर्नु पर्ने शिक्षा दिन्छ । मानिसको आत्माले न जन्म लिन्छ न मर्छ, जे हुन्छ, त्यो सबै कुराका लागि राम्रो हुन्छ भन्ने भाव गीताले बोकेको छ ।

हो, गीता हिन्दू धर्मावलम्बीहरुको ग्रन्थका रुपमा पनि लिइन्छ । तर, यसको शिक्षाले कुनै एउटा विशेष धर्मलाई मात्र संरक्षण र प्रोत्साहन गर्दैन, यसले त मानवजीवनको सुन्दर पक्षलाई व्याख्या गर्छ । गीता ज्ञानको सबैभन्दा ठूलो भण्डारण हो, हामी सबैको सम्पत्ति र अटुट ज्ञानको स्रोत हो । गीता जयन्तीको उपलक्ष्यमा हाम्रो पात्रो परिवारको तर्फबाट सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१