Aamsanchar

सुनको मूल्य प्रतितोला २०० रूपैयाँ घट्याे

Author Image
शुक्रवार, पौष ९, २०७८

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेकी मूल्य सूचीअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१