Aamsanchar

याे साता नेपाली बजारमा कस्ताे रह्याे सुनचाँदीकाे मूल्य ?

Author Image
शनिवार, पौष १०, २०७८

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ओरालो लागेको जानकारी दिएको हो । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ ।साताको पहिलो कारोबार दिन आइतबार ४०० घटेर सुरु भएको कारोबार सोमबार तोलामा २०० ले बढेको सुनको मूल्य मंगलबार र बुधबार घट्दै प्रतितोला ९२ हजार ६०० रुपैयाँसम्म आइपुगेको थियो । फेरि बिहीबार र शुक्रबार बढ्दै साताको अन्तिम दिनसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।यसैगरी, अघिल्लो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १० रुपैयाँले बढेको छ । हिजो शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० कायम रहेको महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 520

प्रतिक्रिया (०)

सम्बन्धित खबर