Aamsanchar

सुनको मूल्य सामान्य बृद्धी

Author Image
सोमवार, पौष १२, २०७८

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले बढेर ९३ हजार २०० रूपैयाँ कायम भएको छ। अघिल्लो प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम गरिएको छ। जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० रूपैयाँ तोकिएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रूपैयाँले घटेर एक हजार २५० रूपैयाँ रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
मङ्गलवार, वैशाख २५, २०८१
आज सुनको भाउ
सोमवार, वैशाख २४, २०८१