Aamsanchar

तमु–ल्होसार शब्दको अर्थ

Author Image
बिहिवार, पौष १५, २०७८

तो ल्होसार्बे आशिमलाँ

तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है ।

हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर बनेकाले पनि आज गुरुङ समुदायको नयाँ वर्ष हो भन्ने अर्थ त हामीले सहजै लगाउन सक्छौँ ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छस मुसा, गोरु, गाई, खरायो, चिल, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुँगुर ।

अनि फेरि तिब्बती बौद्धमार्गीहरुका अनुसार यो समुदायले वर्षभरमा तीन प्रकारका ल्होसार मनाउने गर्छस तमु वा तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार । ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । विभिन्न भाग वा नाममा बाँडिएको किन नहोस्, ल्होसारको एउटै मूलभूत उद्देश्य छ, नयाँ वर्षको स्वागत गर्ने । आफ्नो समुदायको नयाँ वर्ष भएकाले आजको दिन कम्तिमा पनि यो सुमदायका लागि विशेष दिन हो, नयाँ वर्षलाई उल्लास र समृद्धिका लागि कामना गर्दै स्वागत गर्ने दिन हो ।

तमु समुदायको यो नयाँ वर्षको दिनमा फेरि पनि तपाईंहरु सबैलाई शुभकामना । स्मरण रहोस्, आजको यो ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् । अनि आजबाट अब नयाँ वर्ष वा तमु संवत सुरु हुन्छ ।

विभिन्न १२ वटा जनावर वा पशुपंक्षीको नाममा रहने यो वर्षको प्रतीकका रुपमा बाघ वर्षलाई लिइनेछ । अर्थात्, आजबाट सुरु हुने नयाँ वर्ष हो, तो ल्हो वा बाघको वर्ष । हिजो सकिएको वर्ष थियो, गाई वर्ष ।

बुद्धिस्ट समुदायले हर्षोल्लासका साथ मनाउने यो वर्षबारे विभिन्न धार्मिक पुस्तक तथा ऐतिहासिक दस्तावेजमा पनि उल्लेख गरिएको छ । यस्ता उल्लेख गरिएका दस्तावेजअनुसार भगवान बुद्धको जन्मअघि नै यी वर्षहरु मनाउने गरिन्थ्यो । तिब्बतसँग सम्बन्धित विभिन्न दस्तावेजहरुमा उल्लेख भएअनुसार यस्ता नयाँ वर्षहरुमा बुद्ध धर्मावलम्बीहरुले पहिले पनि अगरबत्ती बालेर भगवानको पूजा अर्चना गर्ने गरेका थिए । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बौद्धिस्ट र केही क्रिश्चियन र हिन्दूहरु रहेको तथ्यांक भेट्न सकिन्छ ।

ल्होसार १५ दिनसम्म मनाउने गरिन्छ । आजबाट सुरु भएका १५ दिनहरु हर्षोल्लास तथा उत्साहका साथ बिताएमा यो वर्षका सबै दिन त्यस्तै सुखमय हुने विश्वास गरिन्छ । आजको दिन तमु समुदायहरुले जंगल वा खुला चउरमा गएर धनुषवाँण हान्ने पनि गर्छन् । पश्चिमतर्फ हानिएको धनुवाँणले गएको वर्षको बिदाई गरेको मानिन्छ भने पूर्वतर्फकोले नयाँ वर्षको आगमनलाई मानिन्छ ।

नेपाल सरकारले तमु ल्होसारको पावन अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । काठमाडौंमा टुँडिखेलमा आज विशेष मेला लाग्ने गर्छ । जे होस्, सबैले आजको दिनमा अबको वर्ष निकै खुसीसाथ बितोस् भन्ने कामना गर्छन्, सुसँस्कृत वर्षको कामना गरिन्छ ।
हाम्रो पात्रोको तर्फबाट पनि तमु समुदायका नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पूर्णमा सुखद र सुन्दर रहोस्, यो नयाँ वर्ष भन्ने कामना, शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर