Aamsanchar

जनता पेन्टसद्वारा प्रोडक्ट लन्च, सम्मान तथा पुरस्कार वितरण

Author Image
आइतवार, पौष १८, २०७८

बिर्तामोड । झापाको मेचीनगरमा रहेको जनता पेन्टस् उद्योगले आफ्नो उत्पादन संग जोडिएर सफलता पूर्वक काम गर्ने डिलर संचालक तथा पेन्टरहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बिच क्षेत्रगत डिलरका संचालकहरुलाई प्रशंषा–पत्र प्रदान गरिएको थियो । सोही अबसरमा पेन्टरहरुलाई फ्रिज, साइकल, मोवाइल, फेन र दुई सय वटा व्याङकेट पुरस्कार स्वरुप प्रदान गरिएको कम्पनीका बजार व्यवस्थापक उज्जवल पाण्डेले जानकारी दिए ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत मेचीनगर नगरपालिका धुलाबारी स्थित सुवोध साधना केन्द्र (अनाथ आश्रम) लाई १५ थान व्याङकेट उपलब्ध गराईएको बजार व्यवस्थापक पाण्डेले बताए ।

कम्पनीका प्रवन्धन निर्देशक भेषराज कोईरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा एशियन लुब्रीकेन्स धुलाबारीका प्रमुख हरि कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइराला र सेन्चुरी बैंक दमक शाखाका मिलन पाठकले जनता पेन्ट्सले ल्याएको उत्पादन र कार्यक्रमको प्रशंषा गरेका थिए । वक्ताहरुले जनता पेन्टस् युरोपियन प्रविधीद्वारा जैविक सुत्रबाट तयार हुने भएकोले उपभोक्ताको रोजाईमा पर्न सफल भएको धारणा राखेका थिए ।

जनता पेन्ट्सको नयाँ प्रोडक्टहरुमा क्लासिक हेल्थ गार्ड, नेपाली बजारमा पहिलो पटक ल्याइएको एन्टी व्यक्टेरियल, दश बर्षे वारेन्टी भएको मास्टर सेफ एक्सट्रा प्रोटेक्ट, ड्याम सोलुशन, ड्याम सोलुशन दुई केजी प्याक जस्ता नयाँ प्रोडक्टहरु लच्न गरिएको थियो ।

कार्यक्रममा स्वागत जेनरल मेनेजर  डिल्लीराम कोईरालाले गरेका थिए भने संचालन सुप्रिया कोईराला र उमेश पाण्डेले गरेका थिए ।

कार्यक्रमकै सन्दर्भमा कम्पनीले पेन्टरहरुको लागि विमा योजना पनि घोषणा गरेको छ । जस अनुसार रंगको बट्टाभित्र राखिएको संख्या सिक्का १८ हजार भन्दा माथी पुर्याउनेलाई १ लाख सम्मको सुरक्षा विमा कम्पनीको तर्फबाट गरिदिने भएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर