Aamsanchar

सुनचाँदीको भाउमा गिरावट

Author Image
मङ्गलवार, पौष २०, २०७८

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ।  आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ।  यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर