Aamsanchar

झापामा फोटो भिडियो व्यसायीहरु संगठित

Author Image
आइतवार, पौष २५, २०७८

दमक । पेशागत अधिकारको संरक्षण र व्यवसायीको हितको लागि भन्दै  फोटो तथा भिडियो व्यवसायी संघ माइपश्चिम समिति दमकको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा सम्पन्न संघको दोश्रो अधिवेशनले फोटो महल दमकका सञ्चालक विनोद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

तीन बर्षे कार्यकाल रहने सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्वयमा स्टार फोटो स्टुडियो केर्खाका सञ्चालक चन्द्र फागो, पाथिभरा फोटो स्टुडियो कमल ५ मंगलबारेका सञ्चालक बिरेन्द्र तिवारी, सचिवमा दमक फोटो स्टुडियोका क्षितिज शाक्य, सह–सचिवमा चाम्लिङ्ग फोटो दमकका सविन चाम्लिङ्ग र कोषाध्यक्षमा चाँदनी फोटो गुड्स दमकका सञ्चालक राजेन्द्र वस्ती चुनिएछन् । त्यैगरी कार्यसमिति सदस्यहरुमा प्रमोद लिम्बु, सोमनाथ ९केशव ० गुरागाईं, ज्योति श्रेष्ठ, मिलन भण्डारी, सुमन खप्तरी, अम्विका श्रेष्ठ, शुसिला दाहाल ढुङ्गाना र साबित्रा लुईटेल चुनिएका छन् ।

यसैगरि, सोहि अधिवेशनले एक सल्लाहकार समिति समेत गठन गरेको जनाईएको छ । सल्लाहकारमा लक्ष्मी श्रेष्ठ, कुमार चाम्लिङ्ग, दुर्गा शाक्य, होम श्रेष्ठ, हरी राई र नेत्र कार्की रहेका छन् । बनभोजसहितको अधिबेशनमा दमक,कमलका फोटो तथा भिडीयो व्यवसायीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 496

प्रतिक्रिया (०)

सम्बन्धित खबर