Aamsanchar

सहकारीले वचतसँगै संस्कार पनि सिकाउनु प¥यो : मन्त्री यादव

Author Image
आइतवार, पौष २५, २०७८

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उहाँले बताउनुभयो ।

जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सहकारी विपन्न वर्गका लागि सहारा भएको उहाँले बताउनुभयो ।
मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ ।’ मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको बताउनुभयो । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनस्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 468

प्रतिक्रिया (०)

सम्बन्धित खबर