Aamsanchar

‘डान्स च्याम्पियन नेपाल’ मा डिएसपिडी क्रु समूह उत्कृष्ट १६ छनौट, झापाली कलाकारहरुद्वारा भोटिङको अपील

Author Image
आइतवार, पौष २५, २०७८

कान्तिपुर टेलिभिजननाट हरेक शुक्रबार प्रसारण हुने नेपालको चर्चित एवम धेरै पुरस्कार राशी भएको डान्सिङ रियालिटि शो ‘डान्स च्याम्पियन नेपाल’ मा झापाको डि.एस.पि.डी. क्रु उत्कृष्ट १६ छनौट भै भोटिङ राउण्डमा पुग्न सफल भएका छन्। पुर्वको विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गरिसकेका उक्त समुह हाल राष्ट्रब्यापि प्रतियोगिता डान्स च्याम्पियन नेपालमा पनि नेपाल तथा भारतका हजारौं प्रतिस्पर्धिहरुलाई उछिन्दै र उत्कृष्ट प्रस्तुतिहरु दिदै भोटिङ राउण्डमा पुग्न सफल भएका हुन्।

हाल सो समुहलाई बिजयी बनाउन झापाबाट जिताउ अभियान सञ्चालन गरिदैछ। उक्त समुहमा झापाका दिलमाया लिम्बु, सरस्वती धिमाल, प्रताप सुनुवार र दिपेश राई गरि चार सदस्य रहेको डिएसपिडी समुह नामाङ्करण गरिएको छ। सो समुहको बिषेशता भनेको नै उक्त प्रतियोगितामा नेपालका विभिन्न सास्कृतिक नृत्यहरुलाई जस्ताको तस्तै स्टेजमा उतार्नु हो। उनिहरुको सास्कृतिक नृत्यहरुले सो कार्यक्रमका निर्णायकहरु नायिका निरुता सिंह र आश्मा बिश्वकर्माको साथ साथै सम्पुर्ण नेपालीहरुको मन जिति सकेको हुनाले अब आगामी चरणमा जानको लागि भोटको आवश्यक रहेकोले उक्त समुहले देश बिदेशमा हुने सम्पुर्ण नेपालीहरुलाई भोटको अपिल गरेको छ ।

भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई म्ऋल्?कउबअभश्रण्घ टाइप गरि DCN<space>03 टाइप गरि 33001 मा पठाउन सकिनेछ साथै IME PAY बाट पनि भाेट गर्न सकिनेछ।  उक्त कार्यक्रममा सो समुहको प्रस्तुती संस्कृति संग सम्बन्धित भएकोले देशको सास्कृतिक क्षेत्रमा पनि थोरै टेवा पुग्ने उदेश्यले यस अभियान सञ्चालन गरिएको झापा जिल्ला नृत्य संघका वरिष्ठ उपाध्यक्ष राज लावतीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर