Aamsanchar

लागु औषध दुर्वेयसनीबाट बच्ने ‘फर्मूला’ बाढदै हिड्नथाले कांकडभिट्टाका नौ जना

Author Image
मङ्गलवार, पौष २७, २०७८

शान्तिनगर । लागु औषध दुव्र्यसनी विरुद्ध नाटकमार्फत कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन् । नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो ।

अभिभावकको कार्यब्यवस्ता तथा छोेरा र छोरी बीचको विभेदलाई आफ्ना आमाबावुले कायम राख्नाले निम्त्याइरहेको कहाली लाग्दो पारिवारिक तथा सामाजिक अवस्थालाई कलाकारहरुले अभिनयमार्फत छर्लङ्ग पारेका छन् ।

सोमबार बुद्धशान्ति–५ शान्तिनगर स्थित गडिगाउँ माविको प्राङ्गणमा कचहरी नाटक ‘फर्मूला’ प्रदर्शन गरिएको हो । नाटकमा परिवर्तन थिएटर काँकरभिट्टाका ९ जना कलाकारहरुले जीवन्त अभिनय प्रस्तुत गरेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारे झापाको आयोजनामा सम्पन्न नाटकमा विद्यार्थी उमेर समुहका बालबालिकाहरु दिनानुदिन लागु औषध तथा दुव्र्यसनीमा संलग्न बन्दै गइरहेको अवस्थालाई चित्रित गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अथिति झापा १‘ख’ का प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी, अतिथिहरु इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष दिपक गौतम, गडिगाउँ माविका प्राचार्य घनश्याम आचार्य, सेवा केन्द्रका अध्यक्ष धरणीधर पोख्रेललगायतले कुलतको अहिलेको अवस्था र यसबाट परिवार तथा समाजमा परेको असरका बारेमा बोलेका थिए ।

नाट्यकर्मी तथा थिएटरकी पूर्व अध्यक्ष कविता नेपालको निर्देशन रहेको नाटकमा थिएटरकी अध्यक्ष लिला भट्टराई, कलाकारहरु लोमश पौडेल, नवराज पाठक, अस्मित आचार्य, गगन क्षेत्री, प्रतिक्षा आचार्य, रिजु कार्की, कबिता पौडेलले अभिनय रहेको थियो ।यसै चेतनामूलक नाटकलाई अन्य विद्यालयहरुमा पनि देखाउदै हिड्ने कलाकारहरुले बताएका छन् ।

नाटकको अन्त्यतिर अतिथि कलाकारको रुपमा गडिगाउँ माविका व्यवस्थापन समिति अध्यक्ष निलमणी न्यौपानेलगायतका अग्रज अभिभावहरु नाटकमा सहभागी हुँदै नाटकले समाजिक समस्याको उजागर गर्न गरेको प्रयासमाथि सहयोग गर्दै अभिभावहरुले आफ्ना सन्तानका लागि कसरी समयको व्यवस्थापन गर्ने भन्ने विषयमा आफ्नो धारणालाई कलामार्फत प्रस्तुत गरेका थिए ।

सो अवसरमा बुद्धशान्ति गाउँपालिका उपप्रमुख मीरा भुर्तेल, इलाका प्रहरी कार्यालय धुलावारीका इन्चार्ज प्रहरी निरीक्षक विकास राई, इप्रका बुधबारे इन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र चौहान, वडा वडाध्यक्षहरु शम्भुप्रसाद पौडेल, बासुदेव खतिवडालगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यसअघि सोमबार नै थिएटरका कलाकारहरुले बुद्धशान्ति–३ स्थित बुधबारे चोकमा समेत नाटक प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 623

प्रतिक्रिया (०)

सम्बन्धित खबर