Aamsanchar

आज बिर्तामोडमा भाक्का दिवस मनाईदै

Author Image
बिहिवार, पौष २९, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले औपचारिक रुपमा आज भाक्का दिवस मनाउने भएको छ । राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्का (चलनचल्तीको शब्दमा भक्का) लाई राष्ट्रिय स्तरमा चिनाउन र आदिवासी विपन्न वर्गका महिलाहरुले पेशाको रुपमा अंगाल्दै आएको भाक्का व्यवसायको प्रचार र उनिहरुको सम्मानको लागि भाक्का दिवस मनाउन सुरु गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।

राजवंशी समुदायको परम्परागत परिकार भाक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो, जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चट्नीसँग खाने गरिन्छ । भाक्का अथवा भक्का जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाउन सुरु गरिएको हो ।

गतबर्ष पनि भव्य रुपमा सम्पन्न भएको भाक्का दिवस यस बर्ष अझ व्यवस्थित हुने आयोजकले जनाएको छ । भाक्का दिवसमा राजवंशी कोच सांस्कृतिक नृत्य, भेषभूषा, दैनिक जीवनमा चलनचल्तीमा आउने बस्तुहरुको पनि प्रर्दशनी,कविता बाचन प्रतियोगिता गरिने बताईएको छ । दिवसलाई भव्यता दिन हिजैबाट तयारी सुरुगरिएको छ । कार्यक्रम स्थलको सिटी सेन्टर अगाडी बनाईएको स्वागत गेट नै नौलो र फरक शैलीको भएकाले कार्यक्रम पनि उत्कृष्ठ हुने अनुमान रहेको सिटी सेन्टर संचालक सदस्य दिपेन्द्र राउतले बताए ।

विहन ८ बजे देखि १० बजे सम्म औपचारिक कार्यक्रम गरेर दिवस मनाईने आयोजक समितिका अर्जुन राजवंशीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर