Aamsanchar

आदेशलाई जिताउन बिर्तामोडमा सपोर्ट ग्रुप सक्रिय, वडाध्यक्ष कार्कीद्वारा १० हजार भोट र ३० हजार सहयोग गर्ने प्रतिवद्धता

Author Image
बिहिवार, पौष २९, २०७८

बिर्तामोड ।  नेपालको चर्चीत रियालिटी शो नेपाल आईडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्नको लागि बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले आफ्नो वडावासीहरुबाट १० हजार भोट गराउने, वडा कार्यलयको तर्फबाट २० हजार र व्यक्तिगत रु १० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आदेशलाई जिताउन भन्दै सपोर्ट ग्रुपले आज बिर्तामोडको मोक्क्षमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष कार्कीले उक्त प्रतिवद्धता जनाएका हुन् ।

एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडलबाट आदेश टप १२ मा परेसँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए ।

२४ बर्षिय आदेशले आफ्नो कर्मथलो काठमाडौलाई बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बिताएको पत्रकार भेटघाटका क्रममा जनाइयो ।

आदेशकी आमा पनि पेशाले गायक नै भएको बताउँदै सपोर्ट ग्रुपकी संयोजक सोनु पुडासैनीले आमाले नै उनको प्रतिभालाई तिखारेको बताइन् । बिदेशमै आदेशको बुबाको मृत्यु भएपछि उनको पारिवारिक जिम्मेवारी थपिएसँगै उनी काठमाडौंका रेष्टुरेन्ट र पपहरुमा परिवारको जिविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको सपोर्ट ग्रुपकी पुडासैनीले बताइन् । आदेको बारेमा थप जानकारी गराउदै पुडासैनीले भनिन ‘आदेश यस्तो प्रतिभाशाली युवा हो, जसको आवजमा जादु रहेको छ, भारतमा सद्गुरु आश्रममा ९ महिना ध्यान योगा सिकेका छन् । संगित विधामा व्याचलर अध्यनन सुरु गरेका छन् । यस अघी आफ्नै एलवंम ‘उमंग’ सार्वजनिक गरिसकेका छन् । त्यसैले आदेशलाई सबैले भोट दिएर जिताउनु पर्ने संगितक क्षेत्रमा उदायका एक पात्र हुन् ।’

हजारौ प्रतिस्पर्धी मध्ये १ सय २६ मा छानिएका उनी १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुततीका आधारमा टप १२ मा पर्न सफल भएका उनको भोली शुक्रबारबाट भोटिङ साउण्ड सुरु हुँदैछ । सपोर्ट ग्रुपले उनलाई जिताउन समिति नै निर्माण गर्ने पत्रकार भेटघाटका क्रममा जानकारी दिएको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटौलाले आदेशको प्रतिभाको प्रशासा गर्दै उनलाई सहयोग गर्ने बताए ।

कार्यक्रमको संचालन,सपोर्ट ग्रुपका सदस्य समेत रहेका कैलाश प्रसाईंले गरेका थिए । नेपाल आईडलमा आदेशसहित झापाका चारजना भोटिङ लाईनमा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 509

प्रतिक्रिया (०)

सम्बन्धित खबर