Aamsanchar

तरुल खानुका यस्ता छन् फाइदा

Author Image
शुक्रवार, पौष ३०, २०७८

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाखे’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न सकिन्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन् ।

मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । तरुललगायत माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमूल हुन् । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ ।

तरुल खानुका यस्ता छन् फाइदा

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । यसका केही फाइदाहरु यसप्रकार छन् स्

> छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो
> यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।
> तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।
> यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
> तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।
> यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर