Aamsanchar

मकर स्नान आरम्भ

Author Image
शनिवार, माघ १, २०७८

फायल फोटो गुगलबाट

नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्त्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्त्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।

यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ ।

यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ । सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।

यस वर्षको मकर स्नानमा सबैलाई स्वागत , मकर स्नानले रोग व्याध र कष्टहरू पखालेर लगोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर