Aamsanchar

कोरोना नियन्त्रण गर्न एमालेद्वारा प्रधानमन्त्री देउवालाई २२ बुँदे ध्यानाकर्षण पत्र

Author Image
शनिवार, माघ १, २०७८

काठमाडौं : कोरोना भाइरस नियन्त्रण गर्न नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डलले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र बुझाएको हो।

२२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको एमालेले सबैभन्दा ठूलो, जिम्मेवार र प्रमुख प्रतिपक्ष पार्टीका हैसियतले जनताको स्वास्थ्यलाई जहिले पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरेका छन्।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सरकारमा रहँदा वा नरहँदा ‘राष्ट्र र जनता पहिले’ भन्ने हाम्रो पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन। स्वस्थ नागरिक, स्वस्थ समाज र सबल राष्ट्रमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न हाम्रो पार्टी सदैव प्रतिबद्ध छ।’

कोरोना नियन्त्रणमा सरकारले आवश्यक ठानेको सहयोग र समन्वयका लागि तयार रहेको समेत बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर