Aamsanchar

मंगल अमंगल भएपछि के गर्ने ?

Author Image
सोमवार, माघ ३, २०७८

मेष र वृश्चिक राशीको स्वामी मङ्गल ग्रह हो र यो भूमि कारक हुन्छ । भूमिलाई उठाउने गँगटा अर्थात् जमिन मुनि गँगटा बस्छ र जमिन उठाउँछ । यी दुवै राशीलाइ कर्कट राशी योगकारक हुन्छन् । कर्कट भनेकै गँगटा हो । कर्कट जल प्रधान पनी हो जलीय राशी हो पानीसँग जलसँग भूमिको अन्तरङ्ग सम्बन्ध छ अर्को कुरा पृथिवी पानीमा डुबेको थियो । त्यस पृथ्वीको कसले उद्धार ग¥यो, वराह भगवानले । बराह भगवान भौम प्रधान व्यक्तिको लागि इष्ट नै हो । मङ्गल प्रतिकूल छ भने त्यसलाई अनुकूल बनाउन वराह भगवान्को उपसना पूजा गर्न उपयुक्त हुन्छ ।

भूमि सुख छैन भने, भूमिमा झगडा छ भने, वराह भगवानको उपसनाले लाभ मिल्छ, वराह भगवानको कृपाको लागि बँदेलको दारा धारण गर्नाले पनि सकारात्मक परिणाम मिल्छ । वल वीर्य प्राप्त हुन्छ, भुत प्रेतबाट सुरक्षा मिल्छ, अर्को कुरा मङ्गल रक्तसँग सरोकार राख्छ । मङ्गल प्रतिकूल हुँदा रक्तदान पनि उपयुक्त हुन्छ, शुभ परिणाम मिल्छ । कात्र्तिकेय देवसेनाको सेनापति हुन् भने नवग्रहमा मङ्गल सेनापति यी दुवैको चरित्र स्वभाव मिल्छ । मङ्गलको शुभतामा वृद्धिको लागि कात्र्तिकेयको उपसना, साधना अत्यन्त लाभदायक छ, कात्र्तिकेयको साधनाको अर्को लाभ पनि छ, काल सर्प योग, राहु जन्य दोष पनि समन हुन्छ । मेष र वृश्चिक राशी भएकाहरूले सधैँ उठ्ने बितिक्कै भूमिलाई ढोग्नुस् । देवीभागवत पुराणमा उत्तम मन्त्र छ ‘मङ्गल चण्डिके’ यो धेरै मै राम्रो मन्त्र हो यो नियमित जप्नुस् परिणाम तपाईंको पक्षमा ।

ऊँ ह्रीं क्रोधधारिण्यै स्वाहा
वीरताको लागि, साहसको लागि, शत्रु नाशको लागि र मङ्गल ग्रह शुभतामा वृद्धिको लागि नेतृत्व क्षमतामा विकासको लागि यो मन्त्र लाभदायक छ । नौ ग्रहमा मङ्गल देवलाई भूमिपुत्र भनिन्छ । अर्थात् पृथ्वी मङ्गलकी माता हुन् माता र पुत्रको असीम सम्बन्ध यसमा अनुभव गरिएको छ । जब पृथ्वीमा सङ्कट आउँछ, हनुमान नरसिंह कात्र्तिकेय एवम् अनन्त विष्णु अवतार मङ्गल ग्रहको माध्यमबाट पृथ्वीमा आएर माताको कष्टलाई निवारण गर्छन् । दश महाविद्या अन्तर्गत भगवती बगलामुखीको सिधा सम्बन्ध मङ्गल ग्रहसँग छ । मङ्गल ग्रहलाई अनुकूल गर्न सबैभन्दा सजिलो उपाय मुगाको गणेश धारण गर्नु, र चार मुखी रुद्राक्ष धारण गर्नु पनि हो । मङ्गलको विपरीत ग्रहदशामा भूकम्प जनहानि दरिद्रता ऋण दुर्घटना शल्यचिकित्सा गम्भीर रोग स्त्री जातिको गर्भपतन सन्तान उत्पत्ति नहुनु आदि समस्याको कारण हो ।

मूलाधार चक्रको रङ्ग रातो हुन्छ जो कि शक्तिको रङ्ग हो, शक्तिको अर्थ हो, ऊर्जा जागरूकता र विकास, रातो रङ्ग सुतेको चेतनालाई सक्रिय सचेत चेतनामा परिवर्तित गर्नेको प्रतीक हो । यदि तपाईंको रगत तातो र युवा छ भने तपाईं युवा हो, तर यदि तपाईंको रगत चिसो र दोषपूर्ण छ भने यसको अर्थ तपाइँ थाकिसक्नु भयो, तपाईं वृद्ध हुँदै हुनुहुन्छ ।

त्यस्तै माङ्गलिक व्यक्तिहरू तेज हुन्छन्, मस्तिष्क अत्यन्त सक्रिय हुन्छ, माङ्गलिक व्यक्ति कसैसँग दबिदैन, हनुमान जीको बुद्धि अत्यन्त तीक्ष्ण छ । यसै कारण मङ्गलको अधिष्ठाता हनुमान्जी हुन् भनिएको हो, मङ्गल अत्यधिक क्रियात्मक ग्रह हो । यो व्यक्तिको शारीरिक शक्तिको सूचक हो । ग्रहमा यसलाई सेनापति पनि मानिन्छ । यसलाई युद्धको देवता पनि मानिन्छ । मङ्गल युद्धको निर्झर हो । शक्तिको विधाता हो र क्रूरताको कोष हो, देशप्रेम तथा साहसको केन्द्रविन्दु हो । मङ्गल मज्जाको करक हो । मङ्गलको सञ्चालन शक्तिले हामीहरूलाई कार्य गर्न प्रेरित गर्छ ।

मङ्गलको सन्देश नै कार्य गर्नुस् भन्ने हुन्छ । मङ्गल शसिक्तशाली स्वभावको ग्रह हो । जसको कुण्डलीमा मङ्गल शुभ हुन्छ उसले आफ्नो पराक्रमको प्रयोग शुभकार्यमा गर्छ । मङ्गल दोषले दुर्भाग्यको विचार गरिन्छ, जब हाम्रो क्यिा अपर्याप्त हुन्छ तब यो हानिकारक हुन सक्छ । अधिकांश कार्यमा ध्यान नदिनेहरू र कार्यमा विलम्ब गर्नेहरूको मङ्गल केही हदसम्म अयोग्य हुन्छ । शसिक्तशाली मङ्गल पञ्च महापुरुष योग प्रदान गर्छ । जसलाई रुचक योग भनिन्छ ।

यदि लग्न वृश्चिक छ र मङ्गल केन्द्रमा कहीं पनि छ भने त्यसले चक्रवर्ती योग प्रदान गर्छ । त्यो लाभदायक योग हो । त्यस्तै चन्द्र मङ्गल योग त्यो पनि केन्द्रमा छ भने उत्तम मानिन्छ । मङ्गल, मङ्गलको प्रतिरूप ज्योतिषमा मेष राशीको वसन्तसँग सम्बन्ध छ । यसको अर्थ नयाँ शुरुवात जन्मको प्रतिक हो मेष राशी जीवात्माको आध्यत्मिक जन्मको सङ्केत पनि हो र मङ्गलले यो आत्मालाई श्रेष्ठ साहसी र वीर वनाउँछ, मङ्गल वृश्चिक राशीको पनि प्रबन्धक हो जो मृत्युको प्रतीक हो ।

मङ्गल (मेष)  प्रथम भाव जीवनको शुरुवात हो र वृश्चिक अष्टम भाव मृत्युको प्रतीक हो । मेष राशी ले वसन्तको आगमन ल्याउँछ र वृश्चिक राशीले शरद ऋतुको प्रारम्भ गराउँछ । यो जीवन र मृत्युको प्राकृतिक लयमय प्रतीक हो ।

माङ्गलिक योग
मङ्गल लग्न चतुर्थ सप्तम अष्टम र बाह्रौं भावमा छ भने वर र कन्या दुवैलाई घातक हुन्छ तर यो उचित होइन किनकि लग्न कुण्डलीमा पाँच स्थान तथा चन्द्र कुण्डलीमा पाँच स्थान अर्थात् कुल मिलाएर दश स्थानहरूमा मङ्गल भयो भने माङ्गालिक भनिन्छ । यस्तो हो भने लगभग ९० प्रतिशत मानिसहरू माङ्गलिक हुन्छन् यो उचित हैन र असंभव पनि हो, आचार्य वराह पाराशर र यावनाचारी मीनराज पनि यस मतलाई अविवेक पूर्ण र आधारहीन भनेका छन् । आचार्य वशिष्ठ तथा रामानुजाचार्यले भनेका छन् कि यदि कुण्डलीमा चाहे त्यो लग्न कुण्डली होस या चन्द्र कुण्डली होस् मङ्गल निम्न अवस्थामा मात्रै माङ्गलिक दोष उत्पन्न गर्छ ।

यदि मङ्गल लग्नेश भएर आठौं र बाह्रौंमा शनिको दृष्टिमा छ भने, यदि मङ्गल लग्न चतुर्थ सप्तम अष्टम र बाह्रौं भावमा नीच या अस्त या राहु र शनिको युतिमा छ भने, यदि मङ्गल नीचस्थ लग्नेश या सप्तमेशसँग अठौं भावमा छ भने, यदि मङ्गल नीचस्थ अष्टमेशसँग सप्तम भावमा छ भने, यदि मङ्गल लग्नमा कर्क राशीमा एक्लै छ भने, यदि मङ्गल लग्नमा र सातौँमा शुक्र एक्लै छ भनेमात्र व्यक्ति माङ्गलिक हुन्छ । दान एवम् स्नान मङ्गलको लागि मुँगा गहुँ मुसुरी रातो साँडे गुड सुन रातो कपडा रातो फूल तामा आदि पदार्थ दान गर्दा मङ्गल प्रसन्न हुन्छन् ।

मङ्गल ग्रह र हाड
मङ्गल जातकलाई हड्डी रोग लाग्न सक्नेसम्भावना रहन्छ । हड्डीमा मुख्यतया मज्जा नामको रस हुन्छ जस्ले हड्डीलाई मजबुत गर्छ र यसको मङ्गल कारक हो अत खराब मङ्गल मिथुन कन्या कर्क राशीको मङ्गल हड्डी भाँचिनु फेक्चर हुनु आदि फल दिन्छ ।

ऊँ क्रां क्रिं क्रौं सः भौमाय नमः
धर्मराज रक्षक मङ्गलले धर्म, पवित्र मार्गको रक्षाको पनी भूमिका निर्वाह गर्छ । कुण्डलीमा शक्तिशाली मङ्गलले व्यक्तिलाई प्रयास गर्नको लागि ऊर्जा इच्छा आत्माविश्वास र स्वतन्त्रता प्रदान गर्छ । कुण्डलीमा एक शक्तिशाली र सही स्थानको मङ्गल यस कुराको प्रतीक हो कि व्यक्तिमा जीवनको कठिनाइ र शत्रुहरूसँग सामना गर्ने असिम इच्छा शक्ति र साहस निखरता र उद्यमलाई शुरु गर्ने प्रबलता दिन्छ । शुभ मङ्गलले आफ्नो शरीरमा नियन्त्रण आक्रामकता र आध्यात्मिक योध्दाको गुण दिन्छ किनभने मङ्गल धर्मको रक्षकको रूपमा पनि चिनिन्छ । मङ्गल विशेष गरेर पुरुषको प्रजनन प्रणाली र शुक्राणु उत्पादनसँग सम्बन्धित हुन्छ, वयस्क जीवनमा पुरुषहरूको यौन विशेषताहरूको विकासमा पनि मङ्गलको प्रभाव पर्छ ।

स्त्री जातक र मङ्गल
मङ्गल ग्रह एक पुरुष ग्रह हो । यो ग्रहले कुनै पनि जातको जीवनमा पराक्रम साहस वीरता अनुशासन लाइ प्रभावित पार्छ । स्त्रीजातकको मुख्य लक्षण उसको कोमलता नाजुकता लज्जालु स्वभाव साहसको कमी हुन्छ, जुन स्त्रीको जन्म कुण्डलीमा मङ्गल शुभ र मजबुत स्थितिमा हुन्छ त्यो प्रबल राजयोग हुन्छ । शुभ मङ्गलले स्त्रीलाई अनुशासित न्यायप्रिय र समाजमा प्रिय र सम्मानित बनाउँछ । स्त्रीजातकको लागि मङ्गल काम भावनाको प्रतीक पनि हो । मङ्गलको पौरुष ऊर्जा मात्रै पुरुषसम्म सिमित हुँदैन । पुराना परम्परामा देवता र राजाहरू मात्रै होइन देवीहरू, रानीहरू पनि योध्दा भएका छन् ।

मङ्गल पुूर्ण क्रोध मङ्गलको सिद्धान्त हुन्छ । कहिल्यै पनि आफ्नो लक्षलाई बच्ने अवसर नदिनु चाहे आफ्नो लक्ष आफू खुद नै किन नहोस् । जब मङ्गल आफ्नो शत्रु को प्रति निर्णय लिन्छ तब त्यो बत्रु पुरै नष्ट हुनै पर्छ । मङ्गलले आफ्नो कार्यलाई बीचमै छोड्दैन र यसमा दया र करुणाको भावको कमी पाइन्छ । मङ्गल प्रधान व्यक्ति विशेष गरेर प्रहरी, गुप्तचर विभाग, आर्मीमा जागिर खाएका हुन्छन् । त्यस्तै गरी फौजदारी, लडाइ ँ झगडा, स्त्री मोहतिर मानिसलाई खराब मङ्गलले आकर्षित गर्छ ।

मङ्गल अमङ्गल भएपछि के गर्ने ?

अशुभ मङ्गललाई कसरी शुभमा परिणत गर्ने
भन्ने विषयमा थुप्रै उपायहरू हुन सक्छन् । मङ्गल रक्तसँग सम्बन्धित छ । रक्त यसबाट प्रभावित हुन्छ,

रक्तदान जीवनदान
मङ्गलको अशुभता हटाउन र शुभतामा वृद्धि गर्न रगत दान गर्नु सबैभन्दा राम्रो उपाय हो, शिघ्र फलदायी हो । चमत्कारी उपाय हो । मङ्गल ग्रह बुधको घरमा बसेको छ भने कुनै पनि नपुसंक राशीमा मङ्गल ग्रह छ भने मङ्गलबारको दिन नग्न भएर स्नान गर्ने र नग्न अवस्थामै मुगा अनामिका औंलामा धारण गर्ने, यदि मुगा धारण गर्नै पर्ने अवस्था कुण्डलीमा छ भने मात्रै ।

मङ्गल र मुगा
मुगा धारण सूर्योदय हुनुभन्दा १ घण्टा अगाडि अनामिका औंलामा धारण गर्नु, मुगाको चिकित्सा गुण मुगाको भस्म सेवन गर्दा शारीरिक बलमा वृद्धि हुन्छ, उदर रोगमा पनि यसको सेवन गर्न सकिन्छ । मिर्गी र हृदय रोगमा यसको भस्म सेवन लाभदायक हुन्छ । मङ्गलको होरामा जमिन सम्पती भूमि भवन कृषिसँग सम्बन्धित विषय साहसिक उपकर्म लडाइँ खेल शारीरिक व्यायाम आदि मङ्गलको होरामा गर्नु राम्रो मानिन्छ । मङ्गलको शुभ अशुभ प्रभाव मानव जीवनमा पर्छ । यसको शुभ प्रभावमा जातकको प्रगति साहस र उद्योगतिर अग्रसर हुन्छ । अशुभ प्रभावमा शारीरिक कष्ट रोग तथा मानसिक त्रास कफ पित्तको प्रकोप पक्षघात आदि रोगजन्य समस्या पाइन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 577

प्रतिक्रिया (०)

सम्बन्धित खबर