
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसोपछि पाँच प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको झापा र मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्लामा तीव्र हाहुरी चल्ने सम्भावना छ।
यस्तै बागमती प्रदेशको मकवानपुर र चितवनसहित आसपासका जिल्ला,गण्डकी प्रदेशको नवलपुर र तनहुँसहित आसपासका जिल्ला र लुम्बिनी प्रदेशको रूपन्देही सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने महाशाखाले जनाएको छ। महाशाखाले भनेको छ, ‘यी जिल्ला र आसपासका क्षेत्रमा दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ।’

Views: 89


