
हेटौँडा – तराई मधेस द्रुत मार्ग ( फास्ट ट्रयाक)मा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । सोमबार राति ९ः४५ बजेको समयमा फास्ट ट्रयाकको मकवानपुर खण्डमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको हो ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार स्थित रहेको फास्ट ट्रयाकको सुरुङमा काम गर्ने क्रममा सुरुङमा प्रयोग हुने रिपिट तथा ढुंगा फलामबाट बनेको उपकरण खस्न गई लागेर बर्दिया घर भएका ३० वर्षीय राम गोपाल चौधरी गम्भीर घाइतेको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते भएका चौधरीको चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार सोही घटनामा मकवानपुर थाहा नगरपालिका–५ सानोपाखा बस्ने २२ वर्षीय सन्तोष बम्जन घाइते भएका छन् । घाइते बम्जनको चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए । घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट ११ किलोमिटर उत्तरमा रहेको छ ।



