Aamsanchar

अफगानिस्तानमा भोकमरी, विस्थापित हुनेको सङ्ख्या पनि बढ्दै

Author Image
सोमवार, माघ ३, २०७८

अफगानिस्तानमा भोकमरीका कारण विस्थापित हुनेको सङ्ख्या बढ्न थालेको छ । केहीको अवस्था चिन्ताजनक रहेको छ । यस्तै केहीले आफ्नो र आफ्ना बालबालिकाको अङ्ग नै बेचेर गुजारा चलाउन थालेका पाइएको त्यहाँको टोलो न्युजले जनाएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्तमा भोकमरीका कारण समस्या बढ्दै गएको हो । त्यहाँको एक कल्याणकारी समितिले विस्थापित भएका र भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । गुजारा चलाउनकै लागि अङ्ग बेच्नु पर्ने बाध्यता नआओस् भन्ने उद्देश्यले समितिले सहयोग गरेको जनाएको छ ।

युद्धको चपेटामा परेकाहरु सबैभन्दा धेरै मारमा परेका छन् । अफगानिस्तानमा मानवीय सङ्कट निम्तिएको भन्दै संयुक्त राष्ट्र सङ्घले यसअघि अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगको ढोका खुला राख्न आह्वान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर