Aamsanchar

भारतमा एकै दिन तीन लाखभन्दा धेरैलाई कोरोना

Author Image
बिहिवार, माघ ६, २०७८

भारतमा एकै दिन तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् ।यस्तै, गएको २४ घण्टामा  कोरोनाका कारण चार सय ९१ जनाको ज्यान गएको छ । दुई लाख २३ हजार ९ सय ९० जना कोरोनामुक्त भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर