Aamsanchar

बुधबारे जेसीजको भवन निर्माण वाग्लेले सुरुगरे, भट्टराईले सम्पन्न गर्ने

Author Image
बिहिवार, माघ ६, २०७८

बुद्धशान्ति।  बुधबारे जेसीज बर्ष २०२२ को पहिलो बोर्ड बैठक विहिबार सम्पन्न भएको छ ।
अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा बुधबारेमा बसेको पहिलो बैठकले बर्ष २०२२ को आगामी योजनालाई सर्वसम्मत अनुमोदन गरेको छ ।

अध्यक्ष भट्टराईले यो बर्ष आफ्नो प्लान अफ एक्सनमा भवन निर्माणलाई पूर्णता दिइने, जेसीज गाउँ बनाउने र बर्ष २०२१ ले सुरु गरेका आहा स्कुल, लागू औषध न्यूनिकरण अभियान लगायतका अभियानलाई जारी राख्ने कुरा समेटेका छन् । अवसरका चार क्षेत्रलाई समान ढंगले अघि बढाइने जनाइएको छ ।

महासचिव अर्जुन ढकालले संचालन गरेको कार्यक्रममा निबर्तमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्षहरु सेमन्त पोख्रेल, रमेश बराल, नन्दकुमार याफु राई लगायतको आतिथ्यता थियो ।

बुधबारे जेसीजका बर्ष २०२२ का अध्यक्ष भट्टराई ।

बैठकमा सफल कार्यकाल सप्पन्न गरेकोमा २०२१ का अध्यक्ष सहित २०२१ को बोर्डलाई धन्यवाद ज्ञापन गरिएको महासचिव ढकालले जानकारी दिए ।

जेसीज सचिवलय भवन निर्माण सुरु गर्ने प्रणका साथ बर्ष २०२१ का अध्यक्ष अनिल वाग्ले आफूले गरेको प्रतिवद्धता पुरा गरेका थिए । नव निर्वाचित अध्यक्ष मुकेश भट्टराईले पनि  भवन निर्माण कार्यलाई पूर्णता दिने प्रतिवद्धतासहित निर्णय गरेपछि बुधबारेका जेसीस अभियन्ता र सामाजिक अगुवाहरु  खुशी भएका जेसीज पूर्व अध्यक्ष सेमन्त पोख्रेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर