Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
आइतवार, माघ १६, २०७८

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर