Aamsanchar

झापा मेचीनगरकाे जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा

Author Image
बिहिवार, माघ २०, २०७८

बिर्तामोड – झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलीको एक जुत्ता कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताए ।प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतबाट बोलाइएका थिए ।मेचीनगर नगरपालिकाको दमकल विग्रिएका कारण समयमा आगो निभाउने प्रयास हुन सकेको थिएन । त्यसपछि भद्रपुर र विर्तामोडबाट दमकल बोलाइएको थियो ।झापाका दमकलले मात्र नपुगेपछि मोरङका दमकल पनि बोलाइएको थियो । बाक्लो बस्ती भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरी बताउँछ ।आगलागी भएको कारखाना श्याम खेतानको एसएस फुटवेयर रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए । फुटवेयरको नजिकको दुई घरमा पनि आगो फैलिएको थियो ।आगलागीबाट ८ करोड रुपैयाँ बढी क्षति भएको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर