Aamsanchar

सुन चाँदीको मूल्य आज

Author Image
सोमवार, माघ २४, २०७८

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर