Aamsanchar

पत्रपत्रिका पुनः मूल्याङ्कन गरी बर्गीकरण गर्न प्रेस सेन्टरको माग

Author Image
सोमवार, माघ २४, २०७८

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वगाीकरणप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्याङ्कन गर्न माग गरेको छ । सेन्टरका झापा अध्यक्ष झुलन रेग्मीले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मूल्याङ्कन गर्न माग गरेका हुन् ।

प्रेस काउन्सिलले प्रत्येक वर्ष देशभरबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वर्गीकरण नतिजा विभेदपूर्ण भएको भन्दै सेन्टर नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ । सेन्टरले पत्र–पत्रिकाको वर्गीकरण नतिजा निष्पक्ष नदेखिएको तथा राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा वर्गीकरण भएको ठहर गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ ‘पत्रपत्रिका प्रकाशन, वितरण, निरन्तरता, विषयवस्तुको प्रस्तुति, प्राविधिक पक्ष, भाषा, आकार, छपाई र कागजको गुणस्तर लगायतका विषयवस्तुप्रति गम्भीर बनेर पुनः वर्गीकरण आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 671

प्रतिक्रिया (०)

सम्बन्धित खबर