Aamsanchar

सुन र चाँदीको मूल्य बढ्याे

Author Image
बुधवार, माघ २६, २०७८

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३०० र चाँदी २० रूपैयाँ बढेको छ।

महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रूपैयाँ तोकिएको छ। मंगलवार प्रतितोला ९३ हजार १०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रूपैयाँ कायम थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँ बढेर एक हजार २८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१