Aamsanchar

सुनको मूल्य बढ्याे

Author Image
शुक्रवार, माघ २८, २०७८

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकिएको छ। यसको मूल्य बिहीवार प्रतितोला ९३ हजार ९०० रूपैयाँ थियो।

यस्तै‚ आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 579

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१