Aamsanchar

सहारा अटो मोबाइल्सका प्रत्येक वर्कशपमा ‘टिभिएस किङ विन्टर सर्भिस मेला’

Author Image
सोमवार, फागुन २, २०७८

बिर्तामोड । सहारा अटो मोबाइल्स् एण्ड कम्पनीका प्रत्येक वर्कशपमा ‘टिभिएस किङ विन्टर सर्भिस मेला’ आजदेखि शुभराम्भ् भएको छ । टिभिएस कम्पनी अटोको आधिकारिक बिक्रेता सहारा अटो मोबाइल्स् एण्ड कम्पनीको प्रधान कार्यालय बिर्तामोड, दमक, उर्लाबारी र बिराटनगरमा फागुन २ देखि ८ गतेसम्म मेला आयोजना हुने कम्पनीका बिर्तामोड मेनेजर नविन गिरीले जानकारी दिए ।

सहारा अटोको बिर्तामोडस्थित कार्यालयमा हुने मेलाको आज ९सोमवार० कम्पनीका हेड मेकानिक नन्दु धिमाल, अटो चालक देवकुमार गिरी र ललीत धिमालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा ७र८ जना ग्राहक तथा अटो चालकलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश कम्पनीका बिर्तामोड मेनेजर गिरीले पारेका थिए । कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर सर्भिस इन्जिनियर सुरज सोडारीलगायले कम्पनीका विषयमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन कम्पनीका कर्मचारी अनिल पौडलेले गरेका थिए ।

मेला अवधिभर कम्पनीका प्रत्येक वर्कशपमा अटो मर्मत तथा सर्भिसिङका लागि आउने ग्राहकलाई स्पेयर पार्टस्मा १५ प्रतिशत, मोविलमा १५ प्रतिशत छुट साथै निःशुल्क लेबर चार्जको व्यवस्था भएको मेनेजर गिरीले जानकारी दिए । सो समयाधिमा आउने प्रत्येक ग्राहकलाई छुटसँगै आकर्षक उपहार दिइने छ ।

त्यस्तै मेला अवधिभर आउने ग्राहकहरु मध्येबाट तीन जनालाई छनौट गरी विशेष पुरस्कारको व्यवस्था गरिएको बताईको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 582

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१