Aamsanchar

मनीष डाँगी अस्पतालबाट ‘डिस्चार्ज’

Author Image
मङ्गलवार, फागुन ३, २०७८

काठमाडाैं –नेपाली राष्ट्रिय टिमका सदस्य तथा मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनीष डाँगी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासलविरुद्वकाे खेलका क्रममा च्यासलका यानिक केचासँग बल हेडका क्रममा जुध्न पुग्दा उनी मैदामै ढलेर अचेत बनेका थिए।

त्यसपछि उनलाई मैदानमै सिपिआर गरेर प्राथमिक उपचारपछि मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल भर्ना गरिएको थियो। मछिन्द्रले सामाजिक संजालबाट मिडफिल्डर मनीष अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गरेको छ।

उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो। मनीषले गम्भीर चोट बोकेपछि मछिन्द्रले च्यासललाई २-० ले हराएको खेल छाँयामा परेको थियो। भने एन्फाको ब्यवस्थापनलाई लिएर कडा आलोचना भएको थियो।

अझै पनि एन्फाले उक्त दिनको घटनाको विषयमा आधिकारीक धारणा सार्वजानिक गरेको छैन्। मैदानमा डाक्टर नहुँदा खेलाडीहरू रोइरहेको दृश्य हृदयविधारक देखिएको थियो।

उक्त खेलमा म्यान अफ द म्याच घोषित विमलले आफ्नो अवार्ड मनीषप्रति समर्पित गर्दै सीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। साथै देशभरका फुटबल समर्थकहरूले पनि मनीषको स्वास्थ्यलाभको कामना गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 699

प्रतिक्रिया (०)

सम्बन्धित खबर