Aamsanchar

थप ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण

Author Image
मङ्गलवार, फागुन १०, २०७८

काठमाडौं – देशभरि पछिल्लो समय ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, २४ घण्टाभित्र ८ सय ३१ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांकअनुसार हाल देशभर १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)