Aamsanchar

उपमहानगरपालिकाद्वारा इटहरी अस्पताललाई पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान

Author Image
मङ्गलवार, फागुन १०, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई वोकेर हिडन मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ ।

एक कार्यक्रमका विच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेशिन प्रदान गर्नुभयो ।

इटहरी उपमहानगरपालिकामा प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय,करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा संचालित अपाङ्गगता रोकथाम तथा पून स्थापना कार्यक्रम अन्र्तगत सो मेशिन इटहरी अस्पताललाई प्रदान गरिएको हो ।

यो मेशिनको सहायताले गर्भवति आमा तथा वच्चाको मृत्यूदर कम गर्न सकिने उपप्रमुख गौतमले विश्वास ब्यक्त गर्नुभयो । उहाँका अनुसार कार्यविधि वनाएर प्रत्येक वडावाटै महिनाको एक पटक सेवा प्राप्त हुने गरि पोर्टेवल अल्ट्रासाउण्ड मेशिनको प्रयोग गरिने छ । अपाङ्गता भएका गर्भवति महिलाको घरमै पुगेर परीक्षण गर्ने ब्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

इटहरी अस्पतालका डा योगेश चेम्जोङ्गले पोर्टेवल अल्टासाउण्ड मेशिनद्धारा गर्भपरीक्षण गरेपछि आमा तथा वच्चाको मृत्यूदर घटेको दृष्ट्रान्त सुनाउनुभयो । ११ जिल्लामा सरकारले संचालन गरेको सिइओएमसी कार्यक्रम मार्फत मृत्यूदर ५४९ वाट२४९मा झरेको वतानुभयो ।

कार्यक्रममा करुणा फाउण्डेसनका सुरज कुमार सरदारले ग्रामिण भेगका गर्भवति आमालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने वताउनुभयो । आर्थिक अवस्था कमजोर भएका र अस्पताल सम्म गर्भपरीक्षण गर्न नआउने आमाहरु लाभान्वित हुने उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)