Aamsanchar

प्रदेश १ कोरोना अपडेट (२०७८ फागुन ११)

Author Image
बुधवार, फागुन ११, २०७८


विराटनगर  । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २–२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १–१, इलामको इलाम नगरपालिका र रोङमा १–१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 453

प्रतिक्रिया (०)