Aamsanchar

क्षितिज नृत्य साधना प्रतिष्ठान झापाको प्रथम अधिबेशन सम्पन्न

Author Image
शनिवार, फागुन १४, २०७८

       बिर्तामोड-क्षितिज नाट्य प्रतिष्ठानकाे बिभागिय समिति क्षितिज नृत्य साधना प्रतिष्ठान झापाको प्रथम अधिबेशन  शुक्रबार सम्पन्न भएको छ ।
माेडल तथा चलचित्रकर्मी सबिता रेग्मीकाे अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचन प्रकृयाबाट निर्वाचित भएको कुरा निर्वाचन अधिकृत सप्तक संगीत बिद्यालयकी संञ्चालिका तथा प्रशिक्षक श्री आकृति खतिवडाले जानाउनु भएको छ ।
प्रदेश न.१कै पहिलो एतिहिसिक बहुजाती,बहुभाषि,बहु साँस्कृतिक संग्रहालय सहितको निर्माणाधीन झापा नाटक घर परिसरमा आयाेजित भेलाबाट गठित समिति काे उपाध्यक्ष मा माधब भेट्वाल महासचिवमा सरिता अधिकारी सचिवमा चन्दा दहाल र काेषाध्यक्ष मा गीता खतिवडा निर्वाचित हुनु भएको छ । यसैगरि सराेज अधिकारी , पुरन बिश्वकर्मा  प्रवीण खड्का र विनय पाँचकाेटी सदस्य पदमा निर्वाचित हुनु भएको कुरा निर्वाचन समिति ले जनाए काे छ ।
प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरि प्रसाद भण्डारीकाे अध्यक्षतामा अायाेजित कार्यक्रम लाई साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद भट्टराई ,उपाध्यक्ष दुर्गा प्रसाद सिग्देल ले प्रतिष्टठानकाे विधि पद्धति र नीति निर्देशनबारे प्रष्ट पार्नु भएको थियाे ।नाट्य बिभाग प्रमुख गजेन्द्र पृथकले स्वागत गर्नु भएको अधिबेशन काे सञ्चालन अभियन्ता माधब कल्पित ले गर्नु भएको थियाे । आज सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाइ पदभार काे जिम्मेवारी भाेली झापा नाटक घरमा आयाेजित एक कार्यक्रम बाट प्रदान गरिने कुरा निर्वाचन अधिकृत आकृति खतिवडाले जनाउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 654

प्रतिक्रिया (०)

सम्बन्धित खबर