Aamsanchar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ मा झर्यो

Author Image
आइतवार, फागुन १५, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४ महिला र २० पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८६५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)