Aamsanchar

देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Author Image
मङ्गलवार, फागुन १७, २०७८

  पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)