Aamsanchar

कनकाईमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

Author Image
बुधवार, फागुन १८, २०७८

कनकाई । हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी कनकाईमा सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा बुधबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले यस अभियानको तयारी, औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा,अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिए ।

यस्तै कनकाई नगरपालिकाका हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रमका फोकल खगेन्द्र दगालले नगर क्षेत्रभित्र रहेका करिब ४९ हजार ५५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी ख्वाउने जानकारी दिए । उनले कनकाईमा भाडामा बस्नेहरुलाई पनि औषधी ख्वाउनबाट बञ्चित नगरिने बताए । यसअभियानका लागि कनकाईमा ४५ जना स्वास्थ्यकर्मी र २० जना स्वयमसेवक गरि ६५जना खटाइने कनकाई स्वास्थ साखाका कर्मचारी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । यसको लागि उनीहरुलाई तालिम प्रदान गर्ने काम भईरहेको पनि अधिकारीले जानकारी दिनुभयो ।

हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी ख्वाई नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने छ । गएको वर्ष यस अभियानमा कनकाईले ६७ प्रतिशत र स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगति हासिल गरेको बताईएको छ ।

नगरपालिकाका कर्मचारी पिताम्बर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजेन्द्र कुमार पोख्रेल ,उप प्रमुख मन्जु प्रसाईं वडा न १ प्रतिनिधि देबिप्रसाद अधिकारी ३ वडाध्यक्ष रुद्र प्रसाद चिमरिया, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर राई, ६ वडाध्यक्ष लक्ष्मी प्रसाद ओलि ,७ का वडाध्यक्ष लीला बहादुर कन्दवा , ९ वडाध्यक्ष प्रेम राजबंसि स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराई स्वास्थ्य कार्यलय झापाका प्रमुख जिवन चौलागाई, ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख ,ईलाका प्रहरी कार्यलय घैलाडुब्बाका प्रमुख नगर कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य लगायत कनकाई नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य चौकी तथा नगरअस्पतालका कर्मचारीहरुको समेत उपस्थिति रहेको नगर स्वास्थ्य कर्मचारी अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)