Aamsanchar

कनकाईमा ५० भन्दा धेरै जेष्ठ नागरिकले रगत दिए

Author Image
बिहिवार, फागुन २६, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका–७ कालीमुढामा ५० भन्दा धेरै जेष्ठ नागरिकहरुले रगत दिएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना र जेष्ठ नागरिक समाजको संयोजनमा आयोजित निशुल्क मुटु रोग सम्बन्धी गरिने रक्त परिक्षण (लिक्युट प्रोफाईल)का लागि जेष्ठ नागरिकहरुले रगत दिएका हुन् ।

आज (विहिबार) विहान ७ बजे देखि सुरुभएको रगत संकलन कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका स्वास्थ्य प्राविधिक लक्षेन्द्र यादवले रक्त संकलन गरेका छन् ।

सबै उमेर समूहमा मुटु रोग सम्बन्धी सचेतना र विपन्न असाहयहरुलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको प्रतिष्ठानले यस अघी झापाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर संचालन गरिसकेको छ । यसै बर्ष १२ जनालाई शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको लागि सिफारिस गरिएको प्रतिष्ठानका अध्यक्ष कुमारमणी पोखरेलले बताए । पोखरेलले भने ‘अब झापाका ग्रामिण क्षेत्रहरुमा पनि स्वाथ्य शिविरहरु द्रुत गतिमा लैजाने, बालबालिकाहरुमा मुटु रोगको समस्या विकाराल बन्दै गएको पाएका छौं । स्कुल स्कुलहरुमा पनि शिविर लैजाने छौं, समुदायमा आर्थिक अभावको कारण मुटु रोगको उपचार गर्न नसक्ने व्यक्तिहरुलाई उपचारमा सहजीकरण र सघाउ पुर्याउने छौं ।’ त्यसको लागि हामिलाई सम्पर्क गर्न समेत पोखरेलले आग्रह गरेका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी प्रदेश १ का सदस्य राम निरौलाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि निरौलाले भने ‘हामि विभिन्न संघ संस्थामा रहेर काम गछौं, तर यो संस्थामा रहेर नागरिकको सेवा गर्न सकेको खण्डमा सामाजिक अभिन्ताहरुलाई सबैभन्दा धेरै आत्मसन्तुष्टी मिल्ने छ । प्रतिष्ठानले गरेका कार्यक्रममा आफुले पनि सकेको सेवा गर्ने छु।’

जेष्ठ नागरिक कनकाईका सचिव शम्भु पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश पोखरेलले औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव लुवराज उप्रेतीले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)