Aamsanchar

झापामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईदै

Author Image
शुक्रवार, फागुन २७, २०७८

बिर्तामोड । नेपाल सरकारको अभियानका रुपमा रहेको हात्तीपाइले रोग बिरुद्धको आम औषधी वितरण कार्यक्रम झापा जिल्लाभर सञ्चालनको तयारी पूरा भएको छ ।

बिर्तामोड । झापामा भोली देखि सबै पालिकाहरुमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य अन्तरगत झापाका सबै पालिका स्वास्थ्य सेवाकेन्द्र मार्फत भोली (शनिवार) देखि हात्तिपाइले रोग विरुद्धको आम औषधी वितरण कार्यक्रम शुरु हुने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्तरगत हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको आज बिर्तामोड नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलानगाईंले बताए ।

हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले औषधी सेवन गर्दा सामान्य असर देखिए त्यसलाई प्रभावकारी मानिने बताए । उनले औषधी सेवन गरेपछि सामान्य टाउको दुख्ने, पेट दुख्ने र वाकवाकी लाग्ने समस्या हुन सक्ने बताए । ‘यदि कुनै ब्यक्तिमा त्यस्तो लक्षण देखिए औषधी सेवनले प्रभावकारी काम गरेको मानिन्छ’ चम्लागाईले भने ‘कोही ब्यक्तिमा त्यस्तो समस्या देखिए त्यो राम्रो हो ।’ उनले शरिरमा हात्तिपाइलेको किटाणु भए औषधीले काम गर्न थाल्दा र त्यस्तो समस्या देखिने बताउँदै त्यो समस्या केही समयपछि हराएर जाने जानकारी दिए ।

झापामा सन् २०१२ देखि हात्तीपाइले बिरुद्धको औषधी सेवन कार्यक्रम संचालन हुँदै आएको छ । सन २००१ मा झापामा हात्तीपाइलेको २४ प्रतिशत बिरामी थिए भने २०२० मा ३ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।
उनले औषधि सेवन गराउन ६-६ सय स्वयंसेवक र कर्मचारी गाउँगाउँ तथा घर घर पुग्ने बताउँदै कार्यालय प्रमुख घिमिरेले सबै नागरिकले औषधी सेवन गर्न आग्रह गरेका छन् ।
सात दिनको सुत्केरी, दुई बर्षभन्दा तलको बालबालिका र सिकिस्त बिरामी बाहेक सबैले औषधी सेवन गर्न मिल्ने बताईएको छ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरालगायतले औषधी सेवन गरेर बिर्तामोडमा हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियानको सुरुवात समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 598

प्रतिक्रिया (०)