Aamsanchar

कनकाईमा बृहत स्वास्थ्य शिविर सम्पन्न

Author Image
आइतवार, फागुन २९, २०७८

कनकाई  । कनकाई नगरपालिकाको आयोजना तथा नोबेल अस्पतालको प्राविधिक सहयोगमा कनकाई नगरपालिकाका विभिन्न क्षेत्रमा ४ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शिविरबाट ५ हजार बढीले सेवा लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

स्वास्थ्य शिविरमा ल्याव सेवाका साथै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच आवश्यक परामर्श र औषधि समेत बितरण गरिएको कनकाई नगरपालिका स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो ।

कनकाई नगरपालिकाले वार्डनम्बर ३,५ र ८ नम्बरमा स्वास्थ्य शिविर राखेको थियो । स्वास्थ्य शिविरमा मुटु, जनरल फिसिसियन, आखा, नाक , कान, छाला, वालरोग, हाडजोर्नी नशा लगायातका विशेषज्ञ सेवा प्रदान गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा हरेक बर्ष स्वास्थ्य शिविरको आयोजना हुदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर