Aamsanchar

नेकोस राष्ट्रिय क्रिकेट संघको अध्यक्षमा घोष

Author Image
आइतवार, फागुन २९, २०७८

इटहरी ।  नेपाल खेलकुद महासंघले मातहतका विषयगत खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले विभिन्न २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो ।

प्रमुख अतिथिमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल ,नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा ,नेपाल खेलकुद महासंघ का संयोजक पर्शुराम (कृष्ण) बस्नेत को उपस्थितीमा राष्ट्रिय संघ गठन गरियो।

त्यसमध्ये नेपाल खेलकुद महासंघ नेकोस राष्ट्रिय क्रिकेट संघको अध्यक्षमा नेपाली क्रिकेटलाई मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता को नेतृत्व गर्दै आउनु भएका विप्लव घोष अध्यक्षमा चयन हुनु भएको छ । नेकोष राष्ट्रिय क्रिकेट संघको उनको नेतृत्व मा २९ जनाको कार्यसमिति बनेको छ ।

नेपाली क्रिकेटमा योगदान दिइरहेका विभिन्न जिल्लाका व्यक्तिहरुलाई समेट्दै २९ जनाको कार्यसमिति बनेको छ, जसमा अध्यक्षमा विप्लव घोष ,उपाध्यक्षमा धर्म राज गिरी, सचिव ऋषिराम गौतम, सह सचिवमा चेतनाथ पौडेल ,ऋषि गौतम, कोषाध्यक्षमा रोजी राई, सदस्यमा पुष्प थापा, सम्भु प्रसाद शर्मा,दिवाकर थापा, मेहबुब राजा राईन,सन्दिप सुनार,उमा अधिकारी,सतीश सिंह राजपूत, सचिन सिंह,सत्नी पुन,निश्चल राज शाक्य,पर्विन्द धामी, प्रकाश खनाल,प्रज्वल सापकोटा,चन्द्रकुमार गुरुङ ,रहीम शेक, सुरेश लाल श्रेष्ठ, जानकीकुमारी श्रेष्ठ, इन्द्र सिग्देल, विमल मान गुबाजु,अर्जुन थापा,कृष्ण देवकोटा,विष्णु प्रसाद आचार्य रहेका छन्।
महासंघका संयोजक कृष्ण बस्नेत ९पर्शुराम०ले खेलकुद महासंघको नीति अनुरुप पहिलो चरणमा २७ वटा खेलका राष्ट्रिय संघ बनाईएको र आवश्यकता अनुसार अन्य खेलक्षेत्रका खेलाडी तथा अफिसियलहरुलाई समेटी थप खेल संघ विस्तार गरिने बताए । बस्नेतले महासंघले खेलकुदका सम्पूर्ण गतिविधि सम्बन्धित खेल संघ मार्फत देशव्यापी रुपमा खेलाडी उत्पादन गर्ने कुरालाई प्राथमिकता दिईने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 747

प्रतिक्रिया (०)

सम्बन्धित खबर