Aamsanchar

नेपालमा थप ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Author Image
मङ्गलवार, चैत १, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेकाे छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख तीन हजार पाँच सय ३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर