Aamsanchar

बिर्तामोडकी स्मृतिले चलचित्रमा डेब्यु गर्ने

Author Image
शनिवार, चैत ५, २०७८

फोटो : स्मृतिको फेसबुकबाट

कला क्षेत्रमा आफ्नो भविश्य खोजीगर्दै बाल्यकालदेखि अभिनय तथा मोडलिंङमा आवद्ध रहदै आएकी झापा बिर्तामोड–१ की स्मृति ओलीले अब चलचित्रमा अभिनय गर्ने भएकी छन् ।

सानैदेखि कला क्षेत्रप्रति लगाव राख्ने ओली ‘को बन्छ कलाकार ?’ प्रतियोगिताको ‘बालकलाकार’ तर्फकी विजेता हुन् । प्रतियोगितामा उनी कक्षा ५ मै अध्ययन गर्दा भाग लिएकी थिइन् । फिल्म ‘सो सिम्पल’मा बाल कलाकारको रुपमा समेत अभिनय गरेकी उनी ‘मिस टिन’की विजेता समेत भएकी छन् ।

पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा रमाइरहेकी उनी फिल्म अभिनयमा समेत डेब्यु गर्दैछिन् । जसका लागि उनले अभिनय, नृत्य, एक्सन विधामा आफूलाई निपूर्ण समेत बनाएकी छन् ।
बलिउडमा चर्चित कलाकार अनुपम खेरको मुम्बई स्थित एक्टर प्रिपेरमा अभिनय अध्ययन समेत गरेकी ओलीले त्यही विभिन्न ट्रेनरसँग ट्रेनिङ समेत लिएकी छन् । हाल इन्जिनियरिङ अध्ययन गरिरहेकी उनी सानैदेखिको सपना फिल्म कलाकार बन्ने रहेको बताउँछिन् ।

डेब्यु फिल्म राम्रो ब्यानर र कलाकारसँग गर्ने इच्छाले कुन अभिनय गर्ने छनौट गर्दैछिन् । ‘फिल्म अभिनय अफर केही पहिलेदेखि नै आएको हो । अव भने डेब्यु गर्ने सोचमा छु,’ उनले भनिन्, ‘राम्रा केही फिल्म हात परेका छन् । तीमध्य एक रोज्छु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 778

प्रतिक्रिया (०)

सम्बन्धित खबर