Aamsanchar

झापामा लागुऔषधसहित आमा छोरा पक्राउ

Author Image
बुधवार, चैत ९, २०७८


झापा- झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन । हिजो बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर