

काठमाडौँ – गर्मी भनेको आँपको सिजन हो । गर्मी सुरु हुने बित्तिकै बजारमा आँप आउन थालिहाल्छ । आँप देखेपछि खान मन नलाग्ने त को नै होला र ? तर आँपलाई सिधै खाँदा शरीरमा गर्मी र जलन बढ्न सक्छ ? कतिपयको ओठमा आँप खाएपछि घाउ आएको पनि देखिन्छ । आँपलाई त्यत्तिकै खानु हुँदैन भनेर हामीले सुन्दै आएका छौँ । तर बजारबाट किनेर ल्याउने बित्तिकै खललल धारामा पखालेर आँप खाने बानी धेरैको हुन्छ । तर प्रश्न यो उठ्छ कि यसरी आँप खानु ठिक हुन्छ ? आँपलाई धुनुअघि केही समय भिजाउनुभयो भने, यसको फाइदा दोब्बर हुन सक्छ ।
आँप भिजाएर खानुका फाइदाः
· शरीरमा अत्यधिक गर्मी बढाउँदैन

· पेट पोल्ने र एसिडिटी जस्ताबाट बचाउँछ
· आँपका प्राकृतिक पोषक तत्त्वहरू राम्रोसँग अवशोषित हुन्छन्
· संवेदनशील पेट भएकाहरूका लागि सुरक्षित
किन भिजाउनु पर्छ आँप ?
आँप गर्मी गराउने फल हो । आँपलाई पानीमा भिजाएर खाँदा गर्मी कम गराउँछ; जलन, टाउको दुख्ने वा बेचैनी जस्ता समस्याहरूबाट बच्न सकिन्छ । भिजाएर राख्दा आँपलाई पचाउन पनि सजिलो हुने मानिन्छ ।
· आँपलाई केही समय भिजाउनाले यसको सतहबाट फोहोर, धुलो र रसायनहरू हट्छ, जसले गर्दा यो खान सुरक्षित र स्वस्थ हुन्छ ।
· पानीमा भिजाएको आँप खाँदा तपाईंको प्रतिरक्षा प्रणाली मात्र बलियो हुँदैन तर तपाईंको पाचन प्रणाली पनि सुधार हुन्छ ।
· आँपमा फाइटिक एसिड नामक यौगिक हुन्छ, जसले शरीरको ताप बढाउन सक्छ । पानीमा आँप भिजाउँदा यो प्रभाव कम हुन्छ, जसको परिणामस्वरूप शरीरको ताप कम हुन्छ । यसले आँप खाएपछि जलन वा असुविधा हुनबाट रोक्छ, र तपाईं आरामसँग यसको आनन्द लिन सक्नुहुन्छ ।
· कहिलेकाहीँ आँप खाएपछि पेट भारी वा फुलेको महसुस हुन्छ । यो आँपमा पाइने केही प्राकृतिक तत्त्वका कारणले हुन्छ । जब आँपलाई पानीमा भिजाएर खाइन्छ, यी तत्त्वहरू उल्लेखनीय रूपमा कम हुन्छन्, जसले गर्दा पेटमा ग्यास वा भारीपनको समस्या कम हुन्छ, र आँप सजिलै पच्छ ।
आँप सिधै खाँदा हुन सक्छन् यस्ता साइड इफेक्टहरूः
· मुटु पोल्ने वा एसिडिटी
· मुखमा अल्सर
· शरीरमा अत्यधिक गर्मी
· छालामा दाग वा चिलाउने (संवेदनशील व्यक्तिहरूमा)
आँपलाई भिजाउँदा के कस्ता परिवर्तनहरू हुन्छन् ?
पानीमा भिजाउँदा आँपको बाहिरी तहमा भएका गर्मी गराउने तत्त्व र अशुद्धता हट्छ । यसले विशेष गरी गर्मीमा आँपलाई शरीरको लागि बढी सन्तुलित, हल्कर स्वस्थ बनाउँछ ।
आँपलाई कति समयसम्म र कसरी भिजाउनु पर्छ ?
· आँपलाई ३० मिनेटदेखि १ घण्टासम्म सफा पानीमा भिजाउनुहोस् ।
· भिजाइसकेपछि, राम्ररी धुनुहोस्, बोक्रा निकाल्नुहोस् र खानुहोस् ।
· आँपलाई काटर होइन सिङ्गै भिजाउनु राम्रो हुन्छ ।
बालबालिका, गर्भवती महिलाहरू, संवेदनशील पेट भएकाहरू, एसिडिटी वा गर्मीले बिबिरा आउने समस्या भएकाहरूले विशेषगरी जरुरी मानिन्छ । यो साधारण बानीलाई अझै पनि गर्मीमा राम्रो स्वास्थ्य कायम राख्न सजिलो तरिका मानिन्छ ।



