Aamsanchar

कलङ्कीबाट ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जना पक्राउ

Author Image
बिहिवार, वैशाख १०, २०८३

काठमाडौँ – काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर