Aamsanchar

नेपाल र क्यानाडाको राष्ट्रिय पुरुष क्रिकेट टिम बिच खेल खेलाउन नेपलिज क्यानडियन क्रिकेट क्लबद्वारा पहलमा सुरु

Author Image
मङ्गलवार, चैत १५, २०७८

क्यानाडमा अवस्थित नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमलाई क्यानाडाको राष्ट्रिय पुरुष क्रिकेट टीम सँग खेल खेलाउन अग्रसरता देखाएको छ ।

ड्रिम प्रोजेक्टकै रुपमा लिएको उक्त उप्रतियोता आयोजना गर्नको लागि नेपाली क्यानडियन क्रिकेट क्लव ले हिजो क्यानाडा क्रिकेट बोर्ड सँग आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ ।

नेपलिज क्यान्याडियन क्रिकेट क्लब को तर्फ बाट नेपाली क्यानडियन क्रिकेट क्लबका अध्यक्ष कीरोज श्रेष्ठ,सचिव विनय यादव साथै प्रतियोगितालाई सम्पन्नगर्न बनाइएको कार्यसमिति पदाधिकारीहरुको सहभागितामा बैठक सम्पन्न थियो ।

नेपलिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठले कुराकानी गर्दै उहाँले भन्नु भयो ‘क्यानडियन क्रिकेट बोर्ड सँगको पहिलो बैठक सकारात्मक साथ सम्पन्न भएको छ हामी नेपलिज क्यानडियन क्रिकेट क्लब परिवारले यस प्रतियोगिता गराउनलाई सक्दो प्रयास गर्दै छौ आशा गरौं यस प्रतियोगीताले छिटै दिशा निर्देश लिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 532

प्रतिक्रिया (०)