Aamsanchar

दाङमा टाइफाइडविरुद्ध खोप अभियान सुरु, २ लाख बालबालिकालाई लगाईने

Author Image
बुधवार, चैत २३, २०७८

दाङ- दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।दाङमा दुई दिन अघिदेखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवारदेखि खोप अभियान चलाउने निर्णय गरेको बताए ।‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदेखि नै जिल्लामा खोप सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए ।अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले जानकारी दिए ।

उनका अनुसार २ लाखमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पुर्‍याइसकेको समेत बताए ।

खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा अधिकांश स्थानीय तहमा आजदेखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 691

प्रतिक्रिया (०)

सम्बन्धित खबर