Aamsanchar

झापामा चैत २५ गतेदेखि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान

Author Image
बुधवार, चैत २३, २०७८

बिर्तामोड । स्वास्थ्य कार्यालय झापाले टाइफाइड रोग विरुद्धको अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै नियमित खोप र टाइफाइड खोपका बिषयमा जानकारी दिएको हो ।

टाइफाइड रोग विरुद्धको अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात भन्ने नाम दिइएको कार्यक्रममा आगामी चैत २५ गतेदेखि झापाका १५ महिनादेखि १५ बर्षसम्ममा बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

उनले झापामा १३ वटा पालिकामा आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म र शिवसताक्षी र गौरादह नगरपालिकामा आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म अभियान सञ्चालन हुने बताए । उनका अनुसार देशभर एकै चरणमा चैत्र २५ देखि बैशाख १८ गते अभियान सम्पन्न हुने उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले अभियानका लागि ६ सय ९० वटा खोप केन्द्रबाट झापाभरका २ लाख १५ हजार ३ सय ५० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने र उक्त अभियानका लागि २ सय २८ जना खोपकर्मी र ४ सय ५६ जना स्वयम सेवक तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा अभियानका फोकल पर्सन बालकृष्ण भण्डारीले टाइफाइड रोग र बच्ने उपायको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर